Thursday, February 9, 2017

केन्या विरुद्धको खेलका लागि प्रारम्भिक २४ सदस्यीय नेपाली टिमको घोषणा

आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत केन्या विरुद्धको खेलका लागि खेलाडी छनोटको दोश्रो चरणमा २४ खेलाडी बोलाइएको छ ।
जनवरी १९ देखि २४ तारिखमा टियु मैदानमा सम्पन्न सुपर लिगको आधारमा अनि आइसीसीको पहलमा टिम छनौट गरिएको बताईएको छ । हाल राष्ट्रिय टिममा रहेका खेलाडीका साथै अन्डर नाइन्टिन र धरै जसो नया खेलाडीलाई छनोट चरणमा बोलाइएको छ ।
टिमको छनौट भने आइसीसीका प्रतिनिधि भेन्कटपति राजु, नेपाल टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गरेका हुन् । घरेलु टिमले फेब्रुअरी १२ देखि दोश्रो चरणको बन्द सत्र सुरु गर्नेछ ।
अन्तिम २४ मा को-को पर्न सफल भए? 
पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, अभिनाश कर्ण, दिलिप नाथ, अमित श्रेष्ठ, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, भुवन कार्की, मेह्बूब आलम, राजेश पुलामी मगर, शक्ति गौचन, शरद भेषवाकर, सागर पुन, सन्दिप लामिछाने, सुनिल धमला, सुशन भरी, करण केसी र सोमपाल कामी अन्तिम २४ मा पर्न सफल भएका छन ।
को-को बाहिरिए?अनिल कुमार मण्डल, अमर सिंह राउटेला, आदील खान, कमल सिंह ऐरी, किशोर महतो, जितेन्द्र मुखिया, नरेश बुढाएर, पवन शर्राफ, पृथु बास्कोटा, प्रदिप ऐरी, प्रेम तामाङ, बिक्रम कुमार भुसाल, मन्जित श्रेष्ठ, महेश क्षेत्री, रशिद खान, राजु रिजाल, रामनरेश गिरि, रोहित कुमार पौडेल, ललित सिंह भण्डारी, सन्दिप ढुंगाना, सन्दिप सुनार, सिद्धान्त लोहनी, सुबाश खकुरेल, सुवर्णकर उराउ, सुशान्त सिंह थापा, सुशील कँडेल, सोनु तामाङ र हरि शंकर शाह भने अन्तिम २४ मा पर्न सकेनन ।

Monday, November 14, 2016

Nepali Football Cricket LIVE


Cricket
        Nepal V/S Netherland
         Nepal V/S Kenya WCL Match
        Nepal V/S Hongkong WCL Match
Nepal V/S UAE WCL Match

 यी खेलको खेलको प्रतक्ष्य प्रशारण गर्नेछौ।  

Download our Android For More upcomming Lives Here




Monday, August 15, 2016

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको जित

पारस खड्काको ८४ रनको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।
पहिलो खेलमा भारी  अन्तरको ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रनको लक्ष्य नेदरल्याण्ड्सलाई दिएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।
अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।
खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।
नेपालको पनि सुरूवात राम्रो थिएन । ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे ।उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।
यस्तो छ अंक तालिका
नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्तानमा छ । दोस्रो स्थनमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ । तर, स्कटल्याण्ड ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । नेपाल र केन्याको समान ६ ६ अंक भएको छ । तर, केन्या पााचौ र नेपाल छैटौं स्थानमा छ ।

Sunday, July 24, 2016

जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरे

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरेका छन्। शनिबारको खेलमा उनको गोलबाट बराबरी गरेको ह्युम युनाइटेडले फिट्जरोय सिटीलाई ३–२ ले हराएको छ।
अघिल्लो साता जगजितले 'डेब्यु' खेलमै दुई गोल गरेपछि ह्युम युनाइटेडले स्पोर्टिङ विटलिसियामाथि ३–२ को विजय पाएको थियो। लगातारको दुई जितपछि ह्युम मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो डिभिजनको अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ। उनी आबद्ध हुनुअघि १२ टोली सहभागी रहेको लिगमा ह्युम दसौं स्थानमा थियो।
शनिबार खेलमा २–० ले पछि परेर पनि जगजितको टोली नतिजा उल्टाउन सफल भएको थियो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको १२ मिनेटभित्र ह्युम युनाइटेड २–० ले पछि परेको थियो। तारकानको फ्रिकिक गोलबाट खेलमा फर्केको ह्युमका लागि जगजितले झन्डै ३५ यार्डबाट फ्रिकिकमै बराबरी गोल  फर्काएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा कप्तान लियोन बिलालले हेडमार्फत गोल गरेपछि ह्युम लगातार दोस्रो खेलमा विजयी भएको थियो।
टोलीको लगातार सफलतामा आफ्नो पनि भूमिका रहेकोमा जगजितले नागरिकसँग खुसी व्यक्त गरे। 'आफ्नो टिम जित्दा खुसी लाग्छ त्यसमा आफ्नो भूमिका पनि रहँदा खुसी दोब्बर हुन्छ,' जगजितले अनलाइन कुराकानीमा भने, 'यहाँ आएपछि मानसिक र शारीरिक रूपमा अझै बलियो भएको अनुभव गरेको छु। यद्यपि यहाँ एकदमै फिजिकल खेल हुन्छ, खेल्न सहज भने छैन।'
अस्ट्रेलियामा रहेको नेपालीसम्मिलित यती एफसीको पहलमा जगजित दुई साताअघि चार महिनाका लागि उक्त क्लबमा आबद्ध भएका थिए।

Tuesday, July 19, 2016

नेपाल मेरिलेबोन क्रिकेट क्लबमाथी ४१ रनको सानदार विजय

श्रावण ५, २०७३- नेपालले मेरिलेबोन क्रिकेट क्लबसँगको च्यारिटी खेलमा  ४१ रनको सानदार विजय हात परेको छ। नेपालले इंग्ल्यान्ड भ्रमण ५-० विजयका साथ अन्त्य गर्‍यो ।

टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय १७ रन बनायो । अर्को महिना नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका लागि इंग्ल्यान्ड भ्रमणमा आएको नेपालले एमसीसीले ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।

‘हामीले विश्व क्रिकेटको उदगम स्थलमा आएर खेली इतिहास रचेका छौं, यही प्लेट फर्ममा आएर विश्वलाई एउटा सन्देश दिन सकेका छौं,’ नेपालका कप्तान पारस खड्काले भने, ‘एतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाल जस्तो राष्ट्रले सँधैं खेल्न पाउने होइन । हामीले जुन अवसर पाएको थियौं, त्यसमा आफुलाई प्रमाणित गरेका छौं ।’

अनिल मण्डललाई सुरुआत मै गुमाए पनि नेपाललाई सवैले औषत प्रदर्शन गर्दै उकासेका थिए । अनिल २ रन बनाई आउट भए । शरद भेषावकरले २७ रन बनाए । ४० बल खेली ५ चौका प्रहार गरेका उनी स्टिभ क्लार्कको बलमा बोल्ड भए । ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । ६३ बल खेली ५ चौका प्रहार गरेका उनी रक्षात्मक खेल्नेक्रममा कट एन्ड बोल्ड भए ।

पारसले ३० रन जोडे । २८ बल खेलेका उनले नेपाली इनिङ्सको एकमात्र छक्का प्रहार गरे । सागर पुनले २६, राजु रिजालले २४, सोमपाल कामीले २० रन बनाउदै नेपाललाई सम्मानजनक स्कोरमा पुऱ्याए । विनोद भण्डारी ९ रनमा आउट भए । वसन्त रेग्मी २७ बलमा २ चौका प्रहार गरी २४ रनमा नटआउट रहे । एमसीसीबाट क्लार्क र किथ डचले २-२ विकेट लिए ।

एमसीसीबाट क्लार्क र जर्ज एडाएरले राम्रो सुरुआत दिलाए । तर इनिङसको अधिकांश समय एमसीसीको रन रेट ३ भन्दा मुनि रहयो । क्लार्क १६ रन बनाई शक्ति गौचनको बलमा बोल्ड भए । अर्का स्पिनर सागर पुनले ग्लेन फिलिप्सलाई शुन्यमा बोल्ड गरे । सागरले ३ महत्वपूर्ण विकेट लिएपछि एमसीसी दबाबमा परेको थियो ।

तर एडाएरले एउटा इन्डबाट सम्हाल्दै एमसीसीको इनिङ्सलाई अगाडी बढाए । उनले १ सय २३ बल खेली ८ चौका प्रहार गरी १ सय रन बनाए । वसन्तलाई लगातार दुई छक्का प्रहार गरेका उनी अन्तमा वसन्तकै बलमा ४६ औं ओभरमा बोल्ड भए । एडाएरलाई बोल्ड गरेसँगैं एमसीसीको आशा पातलिएको थियो । टेलर र एडाएर बाहेक रिचर्ड विल्किनसनले मात्र दोहोरो स्कोर बनाए । विल्किनसनले २० रन जोडे ।

नेपालबाट सागर र वसन्तले ३-३ विकेट लिए । सागरले १० ओभरमा २ मेडन राख्दै ३५ र वसन्तले ९.२ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे । दोस्रो स्पेलमा उत्कृष्ट बलिङ गरेका सोमपाल कामीले २ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चे । सन्दीप लामिछाने र शक्ति गौचनले १-१ विकेट लिए ।

नेपालको ब्रिटेनसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा खेल आयोजना भएको थियो ।

Monday, July 18, 2016

जगजित श्रेष्ठ अष्ट्रेलियाली क्लबमा अनुबन्धित


श्रावण २, २०७३- नेपाली  फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको क्लबबाट  खेल्ने छन्। ऊनी  मेलबर्नमा रहेको ह्युम युनाइटेडबाट फुटबल खेल्नेगरी अनुबन्धित भएका हुन् । उक्त क्लब यहाँको बी डिभिजन लिग खेल्ने क्लब हो ।
उनलाई सहयोग गर्दै आएको मेलबर्नस्थित नेपालीहरुको फुटबल क्लब यती फुटबल क्लबले सम्झैताको लागि सहयोग पुर्‍याएको थियो ।
नेपालको राष्ट्रिय टिममा रहेर ३२ वटा खेल खेलिसकेका उनी थ्री स्टार क्लबसँग आबद्ध थिए ।कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले अष्ट्रेलियाली क्लबमा रहेर खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए ।
क्लबमा सहभागी भएर पहिलो खेल खेलेका श्रेष्ठले दुई गोल गरे । 
‘नेपालमा अहिले फुटबल खेल नभइरहेको अवस्थामा अष्ट्रेलियाको दोस्रो डिभिजनमा खेल्न पाउनु वास्तवमै ठूलो अवसर हो र यसलाई म पुर्ण सदुपयोग गर्नेछु’, उनले भने ।
यती फुटबल क्लबका म्यानेजर कर्ण रानाले १ बर्ष ६ महिनाको सम्झौता रहेको भएपनि श्रेष्ठले यो भन्दा राम्रो क्लबमा खेल्न सक्ने अनुमान गरे ।
उनी मासिक १ हजार ५ सय डलर तलब पाउने गरी क्लबमा अनुबन्धित भएका हुन् ।

श्रोत : कान्तिपुर समाचार 

Sunday, July 10, 2016

बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल रद्ध

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आज एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृढ नभएको भन्दै तत्कालका लागी खेल खेलाउन नसकिने जनाएको हो। उसले भनेको छ ‘ हामी तोकिएको मितिमा मैत्रीपूर्ण खेल खेलाउन असमर्थ छौँ, तसर्थ तोकिएको मैत्रीपूर्ण खेल आउँदो अगस्टमा सार्न प्रस्ताब गर्छौ।'
यस अघि नेपालले आउँदो नोभेम्बरमा हुने भनिएको एएफसी सोलिडारिटि कपको तयारीको रुपमा बंगलादेशविरुद्ध असार ३१ र साउन २ गते दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो। यसमा एन्फाले जापानी प्रशिक्षक जियोता कोजुको प्रशिक्षणमा  अनिल गुरुङको कप्तानी २१ सदस्यीय टोलीको घोषणा गरेको थियो।

Monday, July 4, 2016

बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली

बेलायत भ्रमण जाने १५ सदस्यी नेपाली टोली छनौट भएको छ। 
पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सन्दीप लामिछाने
सागर पुन
विनोद भण्डारी
सुवास खकुरेल
अनिल मण्डल
करण केसी
राजेश पुलामी मगर
राजु रिजाल
विक्रम सोब