श्रावण २, २०७३- नेपाली फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको क्लबबाट खेल्ने छन्। ऊनी मेलबर्नमा रहेको ह्युम युनाइटेडबाट फुटबल खेल्नेगरी अनुबन्धित भएका हुन् । उक्त क्लब यहाँको बी डिभिजन लिग खेल्ने क्लब हो ।
उनलाई सहयोग गर्दै आएको मेलबर्नस्थित नेपालीहरुको फुटबल क्लब यती फुटबल क्लबले सम्झैताको लागि सहयोग पुर्याएको थियो ।
नेपालको राष्ट्रिय टिममा रहेर ३२ वटा खेल खेलिसकेका उनी थ्री स्टार क्लबसँग आबद्ध थिए ।कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले अष्ट्रेलियाली क्लबमा रहेर खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए ।
क्लबमा सहभागी भएर पहिलो खेल खेलेका श्रेष्ठले दुई गोल गरे ।
‘नेपालमा अहिले फुटबल खेल नभइरहेको अवस्थामा अष्ट्रेलियाको दोस्रो डिभिजनमा खेल्न पाउनु वास्तवमै ठूलो अवसर हो र यसलाई म पुर्ण सदुपयोग गर्नेछु’, उनले भने ।
यती फुटबल क्लबका म्यानेजर कर्ण रानाले १ बर्ष ६ महिनाको सम्झौता रहेको भएपनि श्रेष्ठले यो भन्दा राम्रो क्लबमा खेल्न सक्ने अनुमान गरे ।
उनी मासिक १ हजार ५ सय डलर तलब पाउने गरी क्लबमा अनुबन्धित भएका हुन् ।
श्रोत : कान्तिपुर समाचार

No comments:
Post a Comment