Monday, November 14, 2016

Nepali Football Cricket LIVE


Cricket
        Nepal V/S Netherland
         Nepal V/S Kenya WCL Match
        Nepal V/S Hongkong WCL Match
Nepal V/S UAE WCL Match

 यी खेलको खेलको प्रतक्ष्य प्रशारण गर्नेछौ।  

Download our Android For More upcomming Lives Here




Monday, August 15, 2016

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको जित

पारस खड्काको ८४ रनको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।
पहिलो खेलमा भारी  अन्तरको ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रनको लक्ष्य नेदरल्याण्ड्सलाई दिएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।
अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।
खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।
नेपालको पनि सुरूवात राम्रो थिएन । ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे ।उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।
यस्तो छ अंक तालिका
नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्तानमा छ । दोस्रो स्थनमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ । तर, स्कटल्याण्ड ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । नेपाल र केन्याको समान ६ ६ अंक भएको छ । तर, केन्या पााचौ र नेपाल छैटौं स्थानमा छ ।

Sunday, July 24, 2016

जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरे

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरेका छन्। शनिबारको खेलमा उनको गोलबाट बराबरी गरेको ह्युम युनाइटेडले फिट्जरोय सिटीलाई ३–२ ले हराएको छ।
अघिल्लो साता जगजितले 'डेब्यु' खेलमै दुई गोल गरेपछि ह्युम युनाइटेडले स्पोर्टिङ विटलिसियामाथि ३–२ को विजय पाएको थियो। लगातारको दुई जितपछि ह्युम मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो डिभिजनको अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ। उनी आबद्ध हुनुअघि १२ टोली सहभागी रहेको लिगमा ह्युम दसौं स्थानमा थियो।
शनिबार खेलमा २–० ले पछि परेर पनि जगजितको टोली नतिजा उल्टाउन सफल भएको थियो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको १२ मिनेटभित्र ह्युम युनाइटेड २–० ले पछि परेको थियो। तारकानको फ्रिकिक गोलबाट खेलमा फर्केको ह्युमका लागि जगजितले झन्डै ३५ यार्डबाट फ्रिकिकमै बराबरी गोल  फर्काएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा कप्तान लियोन बिलालले हेडमार्फत गोल गरेपछि ह्युम लगातार दोस्रो खेलमा विजयी भएको थियो।
टोलीको लगातार सफलतामा आफ्नो पनि भूमिका रहेकोमा जगजितले नागरिकसँग खुसी व्यक्त गरे। 'आफ्नो टिम जित्दा खुसी लाग्छ त्यसमा आफ्नो भूमिका पनि रहँदा खुसी दोब्बर हुन्छ,' जगजितले अनलाइन कुराकानीमा भने, 'यहाँ आएपछि मानसिक र शारीरिक रूपमा अझै बलियो भएको अनुभव गरेको छु। यद्यपि यहाँ एकदमै फिजिकल खेल हुन्छ, खेल्न सहज भने छैन।'
अस्ट्रेलियामा रहेको नेपालीसम्मिलित यती एफसीको पहलमा जगजित दुई साताअघि चार महिनाका लागि उक्त क्लबमा आबद्ध भएका थिए।

Tuesday, July 19, 2016

नेपाल मेरिलेबोन क्रिकेट क्लबमाथी ४१ रनको सानदार विजय

श्रावण ५, २०७३- नेपालले मेरिलेबोन क्रिकेट क्लबसँगको च्यारिटी खेलमा  ४१ रनको सानदार विजय हात परेको छ। नेपालले इंग्ल्यान्ड भ्रमण ५-० विजयका साथ अन्त्य गर्‍यो ।

टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय १७ रन बनायो । अर्को महिना नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका लागि इंग्ल्यान्ड भ्रमणमा आएको नेपालले एमसीसीले ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।

‘हामीले विश्व क्रिकेटको उदगम स्थलमा आएर खेली इतिहास रचेका छौं, यही प्लेट फर्ममा आएर विश्वलाई एउटा सन्देश दिन सकेका छौं,’ नेपालका कप्तान पारस खड्काले भने, ‘एतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाल जस्तो राष्ट्रले सँधैं खेल्न पाउने होइन । हामीले जुन अवसर पाएको थियौं, त्यसमा आफुलाई प्रमाणित गरेका छौं ।’

अनिल मण्डललाई सुरुआत मै गुमाए पनि नेपाललाई सवैले औषत प्रदर्शन गर्दै उकासेका थिए । अनिल २ रन बनाई आउट भए । शरद भेषावकरले २७ रन बनाए । ४० बल खेली ५ चौका प्रहार गरेका उनी स्टिभ क्लार्कको बलमा बोल्ड भए । ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । ६३ बल खेली ५ चौका प्रहार गरेका उनी रक्षात्मक खेल्नेक्रममा कट एन्ड बोल्ड भए ।

पारसले ३० रन जोडे । २८ बल खेलेका उनले नेपाली इनिङ्सको एकमात्र छक्का प्रहार गरे । सागर पुनले २६, राजु रिजालले २४, सोमपाल कामीले २० रन बनाउदै नेपाललाई सम्मानजनक स्कोरमा पुऱ्याए । विनोद भण्डारी ९ रनमा आउट भए । वसन्त रेग्मी २७ बलमा २ चौका प्रहार गरी २४ रनमा नटआउट रहे । एमसीसीबाट क्लार्क र किथ डचले २-२ विकेट लिए ।

एमसीसीबाट क्लार्क र जर्ज एडाएरले राम्रो सुरुआत दिलाए । तर इनिङसको अधिकांश समय एमसीसीको रन रेट ३ भन्दा मुनि रहयो । क्लार्क १६ रन बनाई शक्ति गौचनको बलमा बोल्ड भए । अर्का स्पिनर सागर पुनले ग्लेन फिलिप्सलाई शुन्यमा बोल्ड गरे । सागरले ३ महत्वपूर्ण विकेट लिएपछि एमसीसी दबाबमा परेको थियो ।

तर एडाएरले एउटा इन्डबाट सम्हाल्दै एमसीसीको इनिङ्सलाई अगाडी बढाए । उनले १ सय २३ बल खेली ८ चौका प्रहार गरी १ सय रन बनाए । वसन्तलाई लगातार दुई छक्का प्रहार गरेका उनी अन्तमा वसन्तकै बलमा ४६ औं ओभरमा बोल्ड भए । एडाएरलाई बोल्ड गरेसँगैं एमसीसीको आशा पातलिएको थियो । टेलर र एडाएर बाहेक रिचर्ड विल्किनसनले मात्र दोहोरो स्कोर बनाए । विल्किनसनले २० रन जोडे ।

नेपालबाट सागर र वसन्तले ३-३ विकेट लिए । सागरले १० ओभरमा २ मेडन राख्दै ३५ र वसन्तले ९.२ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे । दोस्रो स्पेलमा उत्कृष्ट बलिङ गरेका सोमपाल कामीले २ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चे । सन्दीप लामिछाने र शक्ति गौचनले १-१ विकेट लिए ।

नेपालको ब्रिटेनसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा खेल आयोजना भएको थियो ।

Monday, July 18, 2016

जगजित श्रेष्ठ अष्ट्रेलियाली क्लबमा अनुबन्धित


श्रावण २, २०७३- नेपाली  फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको क्लबबाट  खेल्ने छन्। ऊनी  मेलबर्नमा रहेको ह्युम युनाइटेडबाट फुटबल खेल्नेगरी अनुबन्धित भएका हुन् । उक्त क्लब यहाँको बी डिभिजन लिग खेल्ने क्लब हो ।
उनलाई सहयोग गर्दै आएको मेलबर्नस्थित नेपालीहरुको फुटबल क्लब यती फुटबल क्लबले सम्झैताको लागि सहयोग पुर्‍याएको थियो ।
नेपालको राष्ट्रिय टिममा रहेर ३२ वटा खेल खेलिसकेका उनी थ्री स्टार क्लबसँग आबद्ध थिए ।कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले अष्ट्रेलियाली क्लबमा रहेर खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए ।
क्लबमा सहभागी भएर पहिलो खेल खेलेका श्रेष्ठले दुई गोल गरे । 
‘नेपालमा अहिले फुटबल खेल नभइरहेको अवस्थामा अष्ट्रेलियाको दोस्रो डिभिजनमा खेल्न पाउनु वास्तवमै ठूलो अवसर हो र यसलाई म पुर्ण सदुपयोग गर्नेछु’, उनले भने ।
यती फुटबल क्लबका म्यानेजर कर्ण रानाले १ बर्ष ६ महिनाको सम्झौता रहेको भएपनि श्रेष्ठले यो भन्दा राम्रो क्लबमा खेल्न सक्ने अनुमान गरे ।
उनी मासिक १ हजार ५ सय डलर तलब पाउने गरी क्लबमा अनुबन्धित भएका हुन् ।

श्रोत : कान्तिपुर समाचार 

Sunday, July 10, 2016

बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल रद्ध

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आज एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृढ नभएको भन्दै तत्कालका लागी खेल खेलाउन नसकिने जनाएको हो। उसले भनेको छ ‘ हामी तोकिएको मितिमा मैत्रीपूर्ण खेल खेलाउन असमर्थ छौँ, तसर्थ तोकिएको मैत्रीपूर्ण खेल आउँदो अगस्टमा सार्न प्रस्ताब गर्छौ।'
यस अघि नेपालले आउँदो नोभेम्बरमा हुने भनिएको एएफसी सोलिडारिटि कपको तयारीको रुपमा बंगलादेशविरुद्ध असार ३१ र साउन २ गते दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो। यसमा एन्फाले जापानी प्रशिक्षक जियोता कोजुको प्रशिक्षणमा  अनिल गुरुङको कप्तानी २१ सदस्यीय टोलीको घोषणा गरेको थियो।

Monday, July 4, 2016

बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली

बेलायत भ्रमण जाने १५ सदस्यी नेपाली टोली छनौट भएको छ। 
पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सन्दीप लामिछाने
सागर पुन
विनोद भण्डारी
सुवास खकुरेल
अनिल मण्डल
करण केसी
राजेश पुलामी मगर
राजु रिजाल
विक्रम सोब

Friday, June 3, 2016

क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा माइकल क्लार्कसंग क्रिकेट खेल्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन्।सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन्। अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी ट्वान्टी प्रतियोगितामा सन्दीपले क्लार्कको  टिम कोव्लून केन्टन्सबाट खेलेका थिए। सो खेलमा सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए। हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए।
‘क्लार्क मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नु भएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नु भएको थियो, मैले सेप्टेम्बरमा भनेको छु, सन्दीपले भने,‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’
सन्दीपले बताए - " क्लार्कले नै आउने जाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भन्नु भएको  छ " । सन्दीको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट बिग बास खेल्ने रहेको पनि बताएका छन् ।
 नेपाली  क्रिकेट फूटबल समन्धी आझै समाचार तथा लाइभ कालागि ANDroid appliation download गर्नुहोस Here

Sunday, May 29, 2016

नेपाल र लाओस बिचको खेल १-१ को बराबरीमा टुंगियो

आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण  फुटबल  खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता  नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा  खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।


Loas Vs Nepal Live Streaming

Loas Vs Nepal Live Streaming


आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता  नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा  खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

Download our Android For More upcomming Lives Here
Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming

Saturday, May 28, 2016

हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले २ विकेट लिए

हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले दोस्रो इनिङ्समा २ विकेट लिएका छन ।
पहिले ब्याटिङ गरेको उनको टिमले २० ओभर खेल्दै १६३ को योगफल तयार गरेका थिए ।
सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।

Sunday, May 22, 2016

लाओसबिरुद्ध नेपाली फुटबल टोली जेष्ठ १६ गते खेल्दै

आगामी जेठ १६ गते लाओसबिरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक कोजीले घोषण गरेको टोलीका सदस्यहरुमा
गोलकिपरहरुः किरण चेम्जोङ र बिकेश कुथु
डिफेण्डरहरुः रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डरहरुः प्रकाश बुढाथोकी, शुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजीत श्रेष्ठ
स्ट्राइकरहरुः अनिल गुरुङ (कप्तान), भरत खवास, नवयुग श्रेष्ठ र सुनिल बाल छन् ।

गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस 

Sunday, May 8, 2016

अन्जन बिस्ट र अनन्त तामङ स्पेनको मार्बेला फुटबल क्लबमा खेल्ने

केहि दिन आघि  स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने  भएका छन ।मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ ।
anjan ananta
यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त स्पेनमा दामी खेल पस्केर क्लबको बेबस्थापनलाई खुशी परेका थिए। उनीहरु  यसपाली फुल टयिम खेलाडीको  रुपमा बेबशाहिक फूटबल खेल्न जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ ।उनीहरु आब लगभग ३ महिना पछि स्पेन फर्किने छन्। 

Thursday, April 28, 2016

सन्दीप लामिछाने लाई हङकङ T20 लिग मा मौका

नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लिग  खेल्ने भएका छन् ।
वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेर आफ्नो खेल प्रस्तुत गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् भने सन्दिप काउलुन क्यान्टोनस् टिमबाट  खेल्नेछन् ।
लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए ।विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको  डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।

Tuesday, April 26, 2016

नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघलाई निलम्बन गरेको भोलिपल्ट आईसीसीले खेल तालिका सार्वजनिक गरेको हो । जस अनुसार नेपालले नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा साउन २९ र ३१ मा खेल हुनेछ ।

Sunday, April 24, 2016

नेपाली क्रिकेट टिमले खेल्ने खेलहरु

Upcomming matches Of Nepali Cricket Team
1) Nepal tour of England . (MCC) club of england
2) Nepal V/S Netherland ( August 3&August5).WCL Match.
3) Nepal V/S Kenya WCL Match
4) Nepal V/S Hongkong WCL Match
5) Nepal V/S UAE WCL Match
 यी खेलको खेलको प्रतक्ष्य प्रशारण गर्नेछौ। 

Monday, April 18, 2016

नामिबिया माथि नेपालको ३ विकेटको जीत

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज भएको नामिबियाबिरुद्धको खेलमा नेपालले ३ विकेटको रोमान्चक जित दार्ता गरेको छ। ५० ओवरको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले नेपाललाई २४० रनको ठुलो लक्ष्यदियो। सो लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो। नेपाल ३ विकेटले विजयी भयो। खेल जित्नमा आज पारस र शरदको ठुलो भूमिका रह्यो। पारसले ९४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन को सतकीय परि खेले भने शरदले पारसलाई साथ दिने क्रममा १०७ बलमा ७४ रन बनाएका हुन् ।

पारस ले सतक बनाए

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्का  उनले १०३ रनको शतकीय पारी खेलेका छन् ।नेपाली ब्याटिङक्रम धर्माराएको बेला चौथो नम्बरमा ब्याटिङमा आएका पारसले स्थिति सम्हाल्दै ४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन बनाएको हुन्। शतक बनाउने क्रममा पारस र शरदको १५० रनको साझेदारी रह्यॊ। 



शरद भन्छन्- ‘अन्तिम ओभरमा विश्वकप सम्झिएँ’

६ वैशाख, काठमाडौं । ‘मलाई त अहिले पो नर्भस फिल भो’ नामिबियाविरुद्धको म्याचमा नेपाललाई जीतसम्म पुर्‍याएका शरद भेषावाकर पत्रकारबाट घेरिएपछि  भन्दै थिए ।
Sarad-Veswakarउनले आज आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट इनिङ खेलेको प्रतिक्रिया दिए ।
‘यस्तो सिचुयसनमा पहिले पनि खेलेको हो, तर होम ग्राउण्डमा घरेलु दर्शकको बीचमा बेग्लै खालको दबाव हुन्छ र जीतको बेग्लै मज्जा हुन्छ,’ शरदले भने ।
अन्तिम ओभर सुरु हुँदा तपाईंको मनमा के चलिरहेको थियो ? पत्रकारको प्रश्नमा उनले भने, ‘मैले विश्वकप सम्झिरहेको थिएँ । टी-२० विश्वकपमा हङकङविरुद्धको खेलमा अन्तिम ओभरमा यस्तै सिचुयसन थियो ।’
अन्तिम दुई बलमा १ रन चाहिएका बेला शरदले मिडविकेटतर्फ चौका हान्दै नेपाललाई जिताएका थिए । उनले यो सट हान्ने आफूले पहिले नै सोचेको बताए  ।
‘मैले त्यो बल खेल्नुअघि भगवानको प्रार्थना गरेँ । त्यही सट हान्छु भन्ने पनि पहिल्यै निर्णय गरेँ । भाग्यवस मैले सट खेल्ने ठाउँमा नै बल आयो,’ शरदले भने ।
शरदले आफ्ना कप्तान पारसको खुलेर तारिफ गरे । उनले भने, ‘पारसले आज वास्तवमै एक्सेप्सनल इनिङ खेल्यो, ऊ क्रिजमा हुँदासम्म मलाई कुनै दबाव थिएन ।’
‘पारस आउट भएपछि कति दबाव महसुस गर्नुभयो ?’ पत्रकारको अर्को प्रश्नमा शरदले भने, ‘मैले सोचिरहेको थिएँ, पारस र मैले नै खेल सिध्याउनेछौं । पारस आउट हुँदा हामी राम्रो स्थितिमा पुगिसकेका थियौं । रनरेट नियन्त्रणमा थियो र विकेट पनि प्रशस्त बाँकी थियो । त्यसैले म धेरै नर्भस भइनँ ।’
नेपालले सहजरुपमा जित्न लागेको म्याच अन्तिम ओभरको पाचौं बलसम्म पुग्यो । शरदले भने, ‘क्रिकेटमा यस्तो हुन्छ, म हरेक ओभरमा रन क्याल्कुलेट गर्दै खेलिरहेको थिएँ । हार्छु भन्ने लागेको थिएन ।’
Source : Onlinekhabar.com

नेपाली क्रिकेट हाँक्ने निकाय छैन : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवादवारे बोल्दै एन्डरसनले भने, 'विश्व क्रिकेट लिगअन्तर्गत नामिबियाविरुद्धका खेल आइसिसीले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा आयोजना गरिरहेको छ। नेपाली क्रिकेटमा दुई समानान्तर संघ छन्। क्रिकेटको विवाद अदालतमा पुगेको छ। अहिले नेपालमा कुनै क्रिकेटको सर्वोच्च निकाय छैन। आइसिसी चाढो भन्दा चाढो यस्तो अन्योलको अवस्था टुंगियोस भन्ने चाहन्छ।'
आफूले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउने बताए। नामिबिया र नेपालबीचको खेल कीर्तिपुरमा गराउनका लागि निर्वाचित र तदर्थ समिति दुवैले सहयोगी भुमिका निर्वाह गरेको बताउँदै एन्डरसनले अदालतबाट निर्णय आएपछि नेपाली क्रिकेटको विवादले समाधानको बाटो लिने आशा व्यक्त गरे।

'आइसिसी पनि अदालतको निर्णय कुरिरहेको छ। अदालतको निर्णय आएपछि आइसिसीले त्यसको अध्ययन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर पनि दुई पक्ष नमिलेसम्म क्रिकेट अगाडी बढ्न सम्भव हुन्न। त्यसैले दुई पक्ष मिल्नैपर्छ,' एन्डरसनले भने, 'हामीले आज निर्वाचित र तदर्थ दुवै समितिसँग कुरा गर्यौं । क्यानको पुरानो समितिसँग पनि हामीले कुरा गर्यौं । छलफलमा सबै पक्षालाई हामीले सकारात्मक पाएका छौं। अव नेपालको विवाद अर्को हप्ता बस्ने बोर्ड वैठकमा छलफलको विषय बन्नेछ।'

क्यानको निर्वाचन, त्यसमाथि सरकारी हस्तक्षेपलगायतका विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउँदै एन्डरसनले आइसिसीले पनि नेपालको क्रिकेट चलाउन नचाहेको प्रतिक्रिया दिए। 'नेपालमा भएको निर्वाचन, क्यानमा सरकारको हस्तक्षेपवारे हामीलाई कसैले लिखित जानकारी गराएको छैन। लिखित जानकारी पाए आइसिसीले सरकारी हस्तक्षेपको विषयमा अनुसन्धान गरेर निर्णय लिन्छ,' एन्डरसनले नेपाली क्रिकेटको अन्योल विषयमा भने, 'आइसिसीले नेपालको क्रिकेटमा कुनै हस्तक्षेप गर्न खोजेको होइन। हामीले आइसिसीको प्रतियोगिता यहाँ आयोजना गरेका मात्र हौं। आइसिसीले नेपालको क्रिकेट चलाउने पनि होइन। विश्व क्रिकेट लिग च्याम्पियनसिपअघि नेपाली क्रिकेट जसरी चलेको थियो, आउने दिनमा पनि त्यसरीनै चल्छ। समस्याको समाधान यहीबाट खोज्नुपर्छ।'
Source: NagarikNews
 - See more at: http://nagariknews.com/sports/cricket/story/66856.html#sthash.P4d0NoBC.dpuf

Sunday, April 17, 2016

आज नेपालले दोश्रो खेल खेल्दै | Nepal VS Namibia

 आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज नेपालले दोश्रो खेल खेल्दैछ। घरेलु मैदान मा खेलेको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा देखिएको राम्रो प्रदर्शन र दर्शक को अपार माया पाएको नेपाली टीम आज आर्को जित निकाल्नेमा ढुक्क छ। नेपालले विश्वकप क्रिकेट खेल्नकोलगि आजको खेल जित्नैपर्ने दबाबमा निछ। यस प्रतियोगिताका  शिर्ष ४ टोलि  विश्वकप छनौट प्रतियोगिता खेल्न पाउने छ। हुनत आघिल्ला ४ खेलमा पराजित नेपाली टीमले आहिले लय समातेको जस्तो देखिन्छ ।  खेलहरु सुरुवात मात्रै भएका छन् अजै खेलहरु धेरै बाकी छन् र यो लय कुनै कसरमा गुमाउनु हुदैन। 
खेलको प्रत्रक्ष प्रशारण  NTV 2 ले गर्दैछ भने हाम्रॊ Android Application  मा नि हेर्न पाउनु हुनेछ।  
प्रतक्ष्य प्रशारणको लागि हम्रॊ Android Application Download गर्नुहोस। 
 प्रतक्ष्य प्रशारणको लागि हम्रॊ Android Application Download गर्नुहोस। 

Nepal VS Namibia 

Saturday, April 16, 2016

फोहोर बनाए दर्शकले टियु मैदान



दिनभरी नेपाल नेपाल करायौँ, झन्डा ओडेर आयौँ पुरै रास्ट्रप्रेम देखायौँ अनि जाने यस्तो अवस्थामा छोडेर गयौँ। अब भोलि फेरि 50-60 जनाको एक समूह झाडु-कुच्चो बोकेर सफा गर्न जानेछ अनि फेरि पर्सि ठूलो झुन्ड बनाएर हामी देशप्रेमी फोहोर गर्न जानेछौँ। सबैले आफ्नो आफ्नो फोहोर जताततै नफाले कतै जम्मा गरे आज यस्तो देख्न पर्दैन थियो कि? यो कुरा गरिरहँदा रु 100 को टिकट काट्ने आयोजकले ठाउँ ठाँउमा डस्टबिन नि राख्न पर्ने हो भन्ने कुरा आउँछ तर आफूले खाएको चाउचाउका खोल र खाली बोत्तल हातमा बोकेर 5 मिनेट पर डस्टबिन वा आफ्नो घरको डस्टबिनमा फाल्नु धेरै ठूलो कुरा होइन जस्तो लाग्छ। सोच बदलौँ देश आफैँ बदलिन्छ। 
Source: MRR

Nepal Vs Namibiya | Nepal Won by 5 wickets

काठमाडौं- आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा  नेपालले नामिबियालाई ५ विकेट हराउँदै विजयी भएको छ। कीर्तिपुर मैदानमा नामिबियाले दिएको १९६ रनको लक्ष्य नेपालले १७ बल बाँकी हुँदै पूरा गर्‍यो। 
नेपालका लागि विनोद भण्डारी र शरद भेसवाकरले राम्रो पारी खेले। ८४ रनको साझेदारीमा शरदले अविजित अर्धसतक बनाए। उनले ९९ बलमा तीन चौका सहित ५० रन बनाए। त्यस्तै भण्डारीले ४९ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४० रन बनाए।

नेपालका लागि ओपनर ब्याट्म्यान ज्ञानेन्द्र मल्ल २१, नरेस बुढाऐर १६ र कप्तान पारस खड्का २१ रन बनाए। त्यस्तै राजु रिजाल ६ र राजेश पुलामी मगर ९ रनमा आउट भए। 
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ९ विकेटको क्षतिमा १९५ रन बनाएको थियो।

नामिबियाका ओपनरले आक्रमक सुरुवात गरेका थिए। पहिलो ओभरमा १५ रन बनाए पनि दोस्रो ओभरमा सोमपाल कामीले ओपनर स्टेफन ब्राडलाई आउट गर्दै खेललाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे। टस जितेर आक्रमक ब्याटिङ गर्दै ठूलो स्कोरतर्फ लम्किरहेको नामिबियाका ब्याट्सम्यानलाई नेपाली बलरहरुले रोकेका थिए। मध्यक्रमका पाँच जना ब्याट्सम्यानले २० रनभन्दा माथिको स्कोर गरेपछि पाहुना टोली १९५ रनको स्कोर बनाउन सफल भयो।
नेपालका लागि कप्तान पारस खड्काले फुल स्पेलमा १० ओभर बलिङ गरेका छन्। उनले ३ ओभर मेडन राख्दै १ विकेट लिएर ३४ रन दिए। सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ४७ रन दिए।

सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिएर ३७ रन दिए। उनले २ मेडन ओभर बलिङ गरेका थिए। शक्ति गौचनले १० ओभरमा २८ रन दिए। कुनै विकेट नलिए पनि उनले २ मेडन ओभर राखेका थिए। बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ३ विकेट लिएर ४० रन दिए। शरद भेषावकरले २ ओभर बलिङ गरेका थिए। 
पहिलो ओभरमा १५ रन बटुलेर आक्रमक ब्याटिङ गरेको नामिबियाको दोस्रो ओभरमा विकेट पतन भएको थियो। ८ बलमा १८ रन बनाएर विशाल स्कोरतर्फ लम्किरहेका स्टेफन ब्राडलाई दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए। जेन ग्रीनको विकेट पनि सोमपालले नै हात पारे।
Source: NagarikNews.com
 - See more at: http://nagariknews.com/breaking-news/story/66610.html#sthash.svwktXCt.dpuf

नेपालको  ब्याटिंग पदर्शन  यस प्रकार छ 

Batting
R
B
4
6
bowled
21
40
1
0
lbw
16
30
0
1
not out
50
99
3
0
bowled
21
32
2
1
caught
6
11
0
0
lbw
9
22
1
0
not out
40
49
1
3
Extras
(b 12, lb 6, w 16)
34
Total
(5 wkts; 47.1 ovs)
197







34
Total(5 wkts; 47.1 ovs)197
रन साझेदारी 
PARTNERSHIPS
Wkt
Runs
Players
1st
42
G Malla
NB Budayair
2nd
4
NB Budayair
S Vesawkar
3rd
36
P Khadka
S Vesawkar
4th
8
R Rijal
S Vesawkar
5th
23
RP Magar
S Vesawkar
6th
84*
S Vesawkar
B Bhandari