नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका
पाएका छन्।सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका
छन्। अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी ट्वान्टी
प्रतियोगितामा सन्दीपले क्लार्कको टिम कोव्लून केन्टन्सबाट खेलेका थिए। सो
खेलमा सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन
हानेका
कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन
।यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क
प्रभावित भए। हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा
छिट्टै भेटौंला भनेका थिए।
‘क्लार्क मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नु भएको
छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नु भएको थियो, मैले सेप्टेम्बरमा
भनेको छु, सन्दीपले भने,‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु
मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’
सन्दीपले बताए - " क्लार्कले नै आउने जाने टिकटसहित भिसाको लेटर, खाने र
बस्ने व्यवस्था मिलाइदिन्छु भन्नु भएको छ " । सन्दीको लक्ष्य
अस्ट्रेलियाको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट बिग बास खेल्ने रहेको पनि
बताएका छन् ।
नेपाली क्रिकेट फूटबल समन्धी आझै समाचार तथा लाइभ कालागि ANDroid appliation download गर्नुहोस Here
नेपाली क्रिकेट फूटबल समन्धी आझै समाचार तथा लाइभ कालागि ANDroid appliation download गर्नुहोस Here

No comments:
Post a Comment