Sunday, July 10, 2016

बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल रद्ध

काठमाडौँ–नेपाल र बंगलादेशबीच हुने भनिएका दुइ मैत्रीपूर्ण खेल रद्ध भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
बंगलादेशको फुटबल फेडरेसनले एन्फालाई आज एक पत्र पठाउँदै आफ्नो राष्ट्रको सुरक्षा अवस्था सुदृढ नभएको भन्दै तत्कालका लागी खेल खेलाउन नसकिने जनाएको हो। उसले भनेको छ ‘ हामी तोकिएको मितिमा मैत्रीपूर्ण खेल खेलाउन असमर्थ छौँ, तसर्थ तोकिएको मैत्रीपूर्ण खेल आउँदो अगस्टमा सार्न प्रस्ताब गर्छौ।'
यस अघि नेपालले आउँदो नोभेम्बरमा हुने भनिएको एएफसी सोलिडारिटि कपको तयारीको रुपमा बंगलादेशविरुद्ध असार ३१ र साउन २ गते दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो। यसमा एन्फाले जापानी प्रशिक्षक जियोता कोजुको प्रशिक्षणमा  अनिल गुरुङको कप्तानी २१ सदस्यीय टोलीको घोषणा गरेको थियो।

Monday, July 4, 2016

बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली

बेलायत भ्रमण जाने १५ सदस्यी नेपाली टोली छनौट भएको छ। 
पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सन्दीप लामिछाने
सागर पुन
विनोद भण्डारी
सुवास खकुरेल
अनिल मण्डल
करण केसी
राजेश पुलामी मगर
राजु रिजाल
विक्रम सोब

Friday, June 3, 2016

क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा माइकल क्लार्कसंग क्रिकेट खेल्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका पाएका छन्।सन्दीपले माइकल क्लार्क एकेडेमीबाट खेल्ने तयारी सुरु गरिसकेका छन्। अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी ट्वान्टी प्रतियोगितामा सन्दीपले क्लार्कको  टिम कोव्लून केन्टन्सबाट खेलेका थिए। सो खेलमा सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए। हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए।
‘क्लार्क मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नु भएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नु भएको थियो, मैले सेप्टेम्बरमा भनेको छु, सन्दीपले भने,‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’
सन्दीपले बताए - " क्लार्कले नै आउने जाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भन्नु भएको  छ " । सन्दीको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी ट्वान्टी क्रिकेट बिग बास खेल्ने रहेको पनि बताएका छन् ।
 नेपाली  क्रिकेट फूटबल समन्धी आझै समाचार तथा लाइभ कालागि ANDroid appliation download गर्नुहोस Here

Sunday, May 29, 2016

नेपाल र लाओस बिचको खेल १-१ को बराबरीमा टुंगियो

आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण  फुटबल  खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता  नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा  खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।


Loas Vs Nepal Live Streaming

Loas Vs Nepal Live Streaming


आज भएको नेपाल र लाओस बिचको मैत्रीपुर्ण खेल १ -१ को बराबरीमा टुंगिएको छ। निक्कै नै प्रतिस्पर्धात्मक खेलमा गोलको खाता  नेपालका खेलाडी बिशाल राईले ७६ औ मिनेटमा  खोलेका थिए। तर त्यो गोलको २ मिनेट नि बित्न नपाउदै लाओसका खेलाडीले बराबरी गोल फ़र्काका थिए। बाकी रहेको समएमा समयमा दुवै देशका खेलाडीले गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो।

Download our Android For More upcomming Lives Here
Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming Loas Vs Nepal Live Streaming

Saturday, May 28, 2016

हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले २ विकेट लिए

हङकङमा माइकल क्लार्कको टोलि कोव्लून केन्टन्सबाट खेलेका सन्दिपले दोस्रो इनिङ्समा २ विकेट लिएका छन ।
पहिले ब्याटिङ गरेको उनको टिमले २० ओभर खेल्दै १६३ को योगफल तयार गरेका थिए ।
सन्दिपले ३ ओभरमा २७ रन खर्चिदै २ विकेट लिएका छन । २२ बलमा ४० रन हानेका कार्टरको विकेट लिदै सन्दिपले आफ्नो टोलिमा महत्वपुर्ण योगदान दिएका छन ।

Sunday, May 22, 2016

लाओसबिरुद्ध नेपाली फुटबल टोली जेष्ठ १६ गते खेल्दै

आगामी जेठ १६ गते लाओसबिरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली प्रशिक्षक ग्यातुकी कोजीले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
प्रशिक्षक कोजीले घोषण गरेको टोलीका सदस्यहरुमा
गोलकिपरहरुः किरण चेम्जोङ र बिकेश कुथु
डिफेण्डरहरुः रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ र बिराज महर्जन
मिडफिल्डरहरुः प्रकाश बुढाथोकी, शुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र जगजीत श्रेष्ठ
स्ट्राइकरहरुः अनिल गुरुङ (कप्तान), भरत खवास, नवयुग श्रेष्ठ र सुनिल बाल छन् ।

गेम हेर्नलाई हाम्रो एड्रोइड अप्प्स Download गर्नुहोस 

Sunday, May 8, 2016

अन्जन बिस्ट र अनन्त तामङ स्पेनको मार्बेला फुटबल क्लबमा खेल्ने

केहि दिन आघि  स्पेनको मार्बेला फुटबल क्लबमा प्रशिक्षण गरेर नेपाल आएका अन्जन बिस्ट र अनन्त तामङ पुन: स्पेन फर्किने  भएका छन ।मार्बेला फुटबल क्लबको आधिकारिक फेसबुक पेजको कमेन्टमा जनाए अनुसार अन्जन र अनन्त दुबै मार्बेलामा खेल्ने कुरा जनाएको छ ।
anjan ananta
यश अघि प्रशिक्षणमा गएका अन्जन र अनन्त स्पेनमा दामी खेल पस्केर क्लबको बेबस्थापनलाई खुशी परेका थिए। उनीहरु  यसपाली फुल टयिम खेलाडीको  रुपमा बेबशाहिक फूटबल खेल्न जाने कुरा मार्बेलाको फेसबुकमा जनाइएको छ ।उनीहरु आब लगभग ३ महिना पछि स्पेन फर्किने छन्।