विश्वकै सबैभन्दा ठूलो र सक्रिय क्रिकेट क्लबको रुपमा परिचित
बेलायतको एमसीसी (मेरिलेबोन क्रिकेट क्लब)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस
खड्कालाई आगामी मार्चमा दुबइमा हुने एक दिवसीय टि-ट्वान्टी प्रतियोगिताको लागि छनोट गरेको छ।
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको उक्त छनोटसँगै एमसीसी र
नेपाली क्रिकेटको सम्बन्धलाई अझै बलियो भएको क्लबद्वारा जारी विज्ञप्तीमा
जनाइएको छ। आगामी मार्च २० का लागि तय भएको इमिरेट्स
टी( ट्वान्टी टुर्नामेण्ट नामको प्रतियोगितामा एमसीसीसहित बेलायतकै अन्य तीन काउन्टी क्रिकेट क्लबहरु सहभागी हुनेछन्।
क्लबले २०१५को समरमा हुने एमसीसी युवा क्रिकेटर कार्यक्रम अन्तर्गत नेपाली अन्डर १९
ईण्टरनेशनलका राजु रिजाल र दिपेन्द्रसिंह ऐरेको नाम छनोट भएको जनाएको छ। यसका साथै
२०१५ को नोभेम्बरमा क्लबको टिम
नेपालको टुरमा जाने र त्यहाँका स्थानीय क्लबहरुसँग खेल्नुका साथै कोचिङसमेत गर्ने कार्यक्रम रहेको समेत समाचारमा जनाईएको छ।
'एमसीसीले खेलको रुपमा लोकप्रिय बन्दै भईरहेको क्रिकेटको विकासलाई नजिकबाट नियालिरहेको छ र नेपाल त्यो श्रेणीमा अवश्य पर्दछु, नेपालले निकै क्षमतावान क्रिकेट खेलाडी उत्पादन गरेको प्रसंग जोड्दै एमसीसी क्रिकेटका प्रमुख जेम्स
स्टेफ़ेन्सनले भनेका छन्। साथै उनले पारस आफ्नो टिममा सम्पतिको रुपमा रहने विस्वास
पनि ब्यक्त गरे। यो सहभागिताले
नेपालका क्रिकेटमा संलग्न हुन चाहने युवालाई प्रोत्साहन मिल्ने उनको आशा छ।
'नेपालको क्रिकेट प्रदर्शन गर्ने यो महत्वपूर्ण स्थान हो र, मैले यो अवसरको नेपाली क्रिकेट
प्रवर्द्धनमा सक्दो उपयोग गर्ने छुू, पारस खड्काले भनेका छन्। साथै उनले एमसीसीबाट खेल्नको लागि छनौटमा नेपाली क्रिकेटको सम्मान
भएको पनि बताएका छन् बेलायतको सबै भन्दा ठूलो र सुविधा सम्पन्न लर्ड्स क्रिकेट मैदानको स्वामित्व आफैंमा रहेको मेरिलेबोन क्रिकेट क्लबले अन्तरराष्ट्रिय युवा क्रिकेट
प्रवर्धनमा मात्रै वार्षिक दुई मिलियन पाउण्ड खर्चिने गर्दछ।

No comments:
Post a Comment