Thursday, April 28, 2016

सन्दीप लामिछाने लाई हङकङ T20 लिग मा मौका

नेपाली यू १९ क्रिकेटका स्टार टोलीका बलर सन्दीप लामिछानेले हङकङको ट्वान्टी–२० क्रिकेट लिग  खेल्ने भएका छन् ।
वैशाख ४ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेर आफ्नो खेल प्रस्तुत गरेका थिए । हङकङको मिसन रोडमा मे २७ देखी दुई दिनसम्म चल्ने हङकङ ट्वान्टी–२० ब्लिट्ज प्रतियोगितामा चार फ्रेन्चाजी टोलीले प्रतिस्पर्धा गर्नेछन् भने सन्दिप काउलुन क्यान्टोनस् टिमबाट  खेल्नेछन् ।
लेग स्पिनर सन्दिपले गत बर्ष बंगलादेशमा सम्पन्न यू–१९ विश्वकप क्रिकेटमा १४ विकेट लिएका थिए ।विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको  डेब्यू खेलमा १ विकेट लिएका सन्दीपले वैशाख ६ मा नामिवियाविरुद्धकै अर्को खेलमा २ विकेट आफ्नो नाममा लेखाएका थिए ।

No comments:

Post a Comment