Monday, April 18, 2016

नामिबिया माथि नेपालको ३ विकेटको जीत

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज भएको नामिबियाबिरुद्धको खेलमा नेपालले ३ विकेटको रोमान्चक जित दार्ता गरेको छ। ५० ओवरको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले नेपाललाई २४० रनको ठुलो लक्ष्यदियो। सो लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो। नेपाल ३ विकेटले विजयी भयो। खेल जित्नमा आज पारस र शरदको ठुलो भूमिका रह्यो। पारसले ९४ बल खेलेर ५ चौका र ७ छक्काको सहयोगमा १०३ रन को सतकीय परि खेले भने शरदले पारसलाई साथ दिने क्रममा १०७ बलमा ७४ रन बनाएका हुन् ।

No comments:

Post a Comment