दिनभरी नेपाल नेपाल करायौँ, झन्डा ओडेर आयौँ पुरै रास्ट्रप्रेम देखायौँ अनि जाने यस्तो अवस्थामा छोडेर गयौँ। अब भोलि फेरि 50-60 जनाको एक समूह झाडु-कुच्चो बोकेर सफा गर्न जानेछ अनि फेरि पर्सि ठूलो झुन्ड बनाएर हामी देशप्रेमी फोहोर गर्न जानेछौँ। सबैले आफ्नो आफ्नो फोहोर जताततै नफाले कतै जम्मा गरे आज यस्तो देख्न पर्दैन थियो कि? यो कुरा गरिरहँदा रु 100 को टिकट काट्ने आयोजकले ठाउँ ठाँउमा डस्टबिन नि राख्न पर्ने हो भन्ने कुरा आउँछ तर आफूले खाएको चाउचाउका खोल र खाली बोत्तल हातमा बोकेर 5 मिनेट पर डस्टबिन वा आफ्नो घरको डस्टबिनमा फाल्नु धेरै ठूलो कुरा होइन जस्तो लाग्छ। सोच बदलौँ देश आफैँ बदलिन्छ।
Source: MRR

No comments:
Post a Comment