Saturday, April 16, 2016

नेपाल-नामिबिया खेल : मैदान प्रवेश गर्न ७ सय मिटर लामो लाइन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुरमा भइरहेको नेपाल-नामिबियाबीचको खेल हेर्न हजारौं दर्शक त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान पुगेका छन्। नेपालको राष्ट्रिय झन्डा बोकेका, शरीरका विभिन्न भागमा राष्ट्रिय झन्डा पोतेका दर्शकहरु नेपाली टोलीको हसौला बढाउन बिहानैदेखि कीर्तिपुर पुगेका हुन्।
नेपाल नामिबियाबीच हुने खेलका ११ हजार टिकट अग्रिम बिक्री भएका थिए। खेल हेर्न दर्शकले टिकट बापत १ सय रुपैयाँ तिरेका छन्। शुक्रबार बिहानै सबै टिकट बिक्री भइसकेका थिए। त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीका लागि ५० प्रतिशत छुटमा झन्डै पाँच सय टिकट बिक्री भएका थिए।
टिकट, विद्यार्थी एवं पासमार्फत आएका गरी करिब १५ हजार दर्शक मैदानमा रहेको अनुमान गरिएको छ। -
 Source:NagarikNews

No comments:

Post a Comment